वनप्लस १३ अक्टोबरभित्र सार्वजनिक हुने प्रबल सम्भावना

१८ भदाै, काठमाडाैं । चिनियाँ स्मार्टफोन कम्पनी वनप्लस १३ यसै वर्षको अक्टोबरभित्र सार्वजनिक हुने सम्भावना बढेको छ। गत वर्ष हाल उपलब्भ पछिल्लो संस्करण अर्थात् वनप्लस १२ डिसेम्बर महिनामा मात्र सार्वजनिक भए पनि यो डिभाइस भने २ महिना अगावै आउनसक्ने आकलन गरिएको जीएसएमएरिनाले जनाएको छ।

यो जानकारी भरपर्दा टिपस्टर डिजिटल च्याट स्टेशनले बाहिर ल्याएका हुन्। उनले वनप्लस ३ छिटोमा अक्टोबरको अन्तिम र ढिलोमा नोभम्बरको शुरुवातमा सार्वजनिक हुनेगरी तालिका बनाइएको उल्लेख गरेका छन्।

हाल अस्तित्वमा रहेको पछिल्लो वनप्लस १२ डिभाइस स्न्यापड्रागन ८ जेन ३ चिपसेटसहित आएको थियो। यदि वनप्लस १३ यही अक्टोबरभित्र सार्वजनिक भएको खण्डमा यो स्न्यापड्रागन ८ जेन ४ चिपयुक्त पहिलो डिभाइस हुनेछ।

स्न्यापड्रागन ८ जेन ४ चिपसेट यसै वर्षको अक्टोबरको शुरुवातमा हवाईमा हुने स्न्यापड्रागन सम्मेलनमा सार्वजनिक हुने तय भएको छ।

वनप्लस १३ का बारेमा वनप्लस कम्पनीले भने कुनै जानकारी बाहिर ल्याएको छैन। तर बाहिर चलेका विभिन्न अफवाहहरुका आधारमा हेर्दा यो डिभाइस १४४० पिक्सेलयुक्त ६.८ इन्चको ८टी एलटीपीओ स्क्रीन, ६ हजार एमएएच ब्याट्री, १०० वाट वायर्ड र ५० वाट वायरलेस चार्जिङसहित आउने बुझिएको छ।

यसैगरी यो डिभाइसमा ५०-५० मेगापिक्सेलको मुख्य, अल्ट्रावाइड र पेरिस्कोप टेलिफोटो सहितको सोनीको ट्रिपल क्यामरा रहने बुझिएको छ। यसका साथै आईपी ६८ वा ६९ रेटिङसहित उपलब्ध हुने जीएसएमएरिनाले बताएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours