साफ यू-२० उपविजेता टिमका खेलाडीले जनही ५० हजार पाउने

१८ भदौ, काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

गत बिहीबार सम्पन्न एन्फा कार्यसमिति बैठकले यु–२० टिमलाई पुरस्कार प्रदान गर्ने निर्णाय गरेको हो । यसैगरी खेलाडीलाई टिकट विक्रीको २० प्रतिशत रकम दिने निर्णय पनि भएको थियो ।

एन्फाका अनुसार खेलाडीले टिकट विक्रीको २० प्रतिशत रकम (१५ हजार ४० रुपैपाँ) थप पाउने बताइएको छ । जसअनुसार खेलाडीले जनही ६५ हजार ४० रुपैंया प्राप्त गर्नेछन् ।

त्यस्तै यू२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार रुपैपाँ प्राप्त गर्दा सहायक प्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जन, व्यवस्थापक रविन खड्का तथा फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा गत बुधबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित हुँदा नेपाल उपविजेता सिमित रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours