काठमाडौंका यी क्षेत्रमा आज ४ बजेसम्म बिजुली काटिने

१८ भदाै, काठमाडाैं । काठमाडौंको अनामनगरलगायत विभिन्न क्षेत्रमा आज मंगलबार अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडरअन्तर्गत पर्ने के ३ सबस्टेसनदेखि घट्टेकुलो एरियामा केबल तान्ने कार्य गर्न लागेएको हुँदा मंगलबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएकाे छ ।

अनामनगर पुर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिण गेट हुँदै न्युरो हस्पिटलअगाडि, प्रभु बैंकअगाडि धोबीखोला हुँदै सेतो पुल मैतीदेवी जाली कारखाना, घट्टेकुलो एरिया र गोर्खा एफएमसम्मको विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours