धादिङको सलाङघाटमा बस र ट्रक ठोक्किए, ३ जना घाइते

१७ भदौ, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सलाङघाटमा ट्रक र बस ठोक्किँदा तीन जना घाइते भएका छन् ।

काठमाडौंबाट भारतको नयाँदिल्ली जाँदै गरेको मधेश प्रदेश ०३–००१–६८१४९ नम्बरको बस र चितवनतर्फबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८२४१ नम्बरको ट्रक आज दिउँसो १२ बजेतिर ठोक्किएका थिए ।

प्रहरी कार्यालय मलेखुका प्रहरी सहायक निरीक्षक भिमबहादुर खत्रीका अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन ।

उनका अनुसार बस चालक र दुई महिला सामान्य घाइते छन् । उनीहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

दुर्घटनापछि केहीबेर बन्द भएको सडक प्रहरीले खुलाइसकेको छ । ‘आपसमा ठोक्किएका गाडी साइड लगाएपछि सवारी आवागमन खुलिसकेको छ,’ उनले भने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours