सडक डिभाइडरमा स्कुटर ठोकिँदा पाल्पामा एकजनाको मृत्यु

१७ भदौ, काठमाडौं । पाल्पामा सडकको डिभाइडरमा स्कुटर ठोक्किँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रामपुर नगरपालिका-१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगर छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज बिहान करिब ९ बजे पाल्ला रामपुर-१०, बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भएर डिभाइडरमा ठोकिएको थियो ।

घाइते मगरको उपचारका लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours