सुनको भाउमा सामान्य गिरावट

१७ भदाै, काठमाडाैं । सोमबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ३०० रुपैयाँले घटेको हो ।

सोमबार सुनको भाउ १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार सोमबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ४९६ दशमलव ७६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८ दशमलव ४५ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours