शेर्पाको साहसका कारण सगरमाथा बिश्वमा चिनिएको छ : मन्त्री पाण्डे

१६,भदौ,काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा बिश्वमा चिनिन मद्द्त पुगेको बताउनु भएको छ ।

‌ओखलढुङ्गा जिल्ला खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको “सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम”मा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा बिश्वमा चिनिन मद्द्त पुगेको बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री पाण्डेले भन्नु भयो डाेरी टाडने देखि आाराेहीलाई शिखरमा पुर्याउने काममा शेर्पाहरुले गर्दा नै पर्वतारोहण सहज सफल भएको भन्दै शेर्पाको कारण नै सगरमाथा बिश्वमा थप चिनिएको हो ।

आयोजित कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं ओखलढुंगाबाट संघीय सांसद रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रदीप कुमार सुनुवार,खिजीदेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्ष बेदबहादुर रोक्का नेपाल पर्ववतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा लगायतको विशेष उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पा देखी २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पा सम्म् छ्न । त्यस्तै पालिकाको सद्भावना दूतमा कुङ्गा सेर्पालाई घोषणा गरिएको थियो ।

प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री प्रदीप सुनुवारले भने ,‘ पर्यटन र जलस्रोतबाट देशको विकास हुन्छ । खिजिदेम्बमा पनि यो सम्भव छ । जातीय संस्कृति र भाषिक रूपले पनि धनी भए पनि हाल हाइड्रोले पर्यटन पनि विकास गर्न सक्छाँै । बजेट नै मुख्य कुरा हुने भएकोले पर्यटनको क्षेत्रमा यसप्रति ध्यान जाओस भन्नेछ ।

त्यस्तै संघीय सांसद रामहरि खतिवडाले भने,‘म बोल्ने हैन जनताले गर्ने ठाउँमा पठाउनु भएको छ । आज खिजिदेम्बाका सबै जनाले एक बनाउन सफल बनाउनु भएको मा धन्यावाद । हामी कुनै जात ,समुदाय हेर्दैनौ, हामीे सबैलाई बराबरी गर्छाै । खिजिदेम्बाका शेर्पा आरोहीहरुले गर्नुभएको योगदानप्रति आभारी छौँ । ’
त्यस्तै नेपाल पर्ववतारोहण संघका अध्यक्ष नुरु शेर्पाले भने, ‘आरोहण गर्र्न मृत्युपत्रमा हस्ताक्षर गरी जाने गरेका आराहीहरुलाई सम्मान गरेका हौँ र गछौँ । सफल आरोहीहरुका कारण सफल ब्यावसाही हुन पाएका छौँ । ’उनले पर्वतीय पर्यटनको महत्तव बुझेर यो पालिकाले स्थान दिएकोमा धन्यवाद दिए।

मन्तव्यको क्रममा डाक्टर हर्का गुरुङले हिमालको हजारौँको संख्या गणना गरेका भएता औलामा गनिने हिमाल मात्र चढ्ने प्रचलनमा रहेको छ । पर्वतीय पर्यटन राष्ट्रको प्राथमिकतामा नपरेको मा दुखेसो पोखे । शेर्पा आरोहीका कारण आज पर्वतीय पर्यटन स्थापित भएको उनले बताए। २७ वटा हिमाल सरकारले नेपाल पर्वतारोहण संघको लागि दिएको छ । नेपाल पर्वतारोहण संघको कारणले नेपालको आरोहण सफल भएको उनले दाबी गरे । यस पालिकामा आरोहण गरेर रेकर्ड राख्ने आरोहीलाई शुभकामना र धन्यवाद दिए । मन्त्रालयमा पर्यटन बुझेको कर्मचारी पाइँदैन । जबसम्म हिमाल र पर्वतारोहणका कर्मचारी नियुक्त हुँदैनन् तबसम्म नेपालको पर्यटन सफल नहुने उनले बताए ।

सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पाले भनिन्,‘ मैले हिमाल आरोहण गरेको लगभग २३ वर्षपछि आफ्नो गाँउपालिकाले चिनेको छ । हाम्रो आफ्नै जिल्लाबाट सम्मान नगरेको देख्दा नरमाइलो र खिन्नता हुन्थ्यो । आज २३ वर्ष पछि सम्मान पाउँदा खुसी लागेको छ ।महिलालाई पनि आरोहणमा सहभागी बनाउन र उत्साह दिनु पर्नेमा उनले जोड दिइन् ।’

कार्यक्रमको अन्त्यमा बोल्दै खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले भने, ‘ हामीले गरेको कार्यक्रममा राजनीति नगर्नु होला । अबको दिनमा खिजीमा बनाउने क्रममा रोकिएको एयपोर्ट खुलाउन पहल सबै मिलेर गर्नुपर्छ । ’ भोजपुरको माननीयले पठाएको खर्च ओखलढुङ्गाको माननीयले खर्चको लागि पहल नगरिदिँदा अहिलेसम्म पनि सञ्चालनमा ल्याउन नसकेकोमा उनले दुखेसो पोखे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours