प्रकाशलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिइयो

१६ भदौ, काठमाडौं । परिवारबाट ३५ वर्ष बढी हराएका भोजपुरका प्रकाश तामाङले नागरिकताको प्रमाणपत्र पाएका छन् ।

षडानन्द नगरपालिका–१० स्थित प्रकाशको घरमै पुगेर दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिएका हुन् ।

उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय गरेका थिए ।

प्रकाशको नागरिकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीले नै चासो दिएका थिए । तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकताबारे कुरा गरेका थिए ।

प्रधानमन्त्रीकै चासो हुँदा वडाध्यक्ष, मेयर र दिङ्ला इलाका प्रशासन कार्यालयको समन्वयमा घरमै प्रकाशले नागरिकताको प्रमाणपत्र पाएका हुन् ।

‘हेर्ने कथा’ कार्यक्रममार्फत प्रकाश साढे तीन दशक पछि परिवारको सम्पर्कमा पुगेका थिए । अहिले प्रकाशलाई भोजपुरमा पुनस्र्थापित गराउने प्रयत्न भइरहेको छ । जस अन्तर्गत नागरिकताको प्रमाणपत्र दिलाउने पहिलो प्रयत्न भएको छ ।

यसपछि बैंक खाता खोल्ने तयारी भइरहेको प्रकाशलाई सहयोग गरिरहेका प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष राजेश राईले बताए । ‘आजै बैंक खाता खोल्दैछौं । त्यसपछि प्रधानमन्त्रीलाई भेट्न काठमाडौं फर्कने तयारी भइरहेको छ’, राईले भने ।

You May Also Like

More From Author

+ There are no comments

Add yours