सामूहिक बलात्कारको आरोपमा २ कर्मचारी सहित ३ जना पक्राउ

१६ भदाै, बुटवल । सामूहिक बलात्कारको आरोपमा प्रहरीले दुई जना कर्मचारी सहित ३ जनालाई पक्राउ गरेको छ। रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरीसहित वडा नम्बर ३ का बन्टी भन्ने शैलेश पाण्डे रहेको प्रहरीले जानकारी दिएको छ।

घटना गत भदौ ५ गतेको भए पनि शनिबार मात्रै प्रहरीमा उजुरी परेको थियो। पक्राउ परेका तीनै जनालाई म्याद थप गर्न अदालत लान लागिएको प्रहरीले जनाएको छ।

पीडितलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ।

उनीहरूले पीडितलाई रोजगारीको तालिम दिने भन्दै एक होटेलमा बोलाएर सामूहिक करणी गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours