शिक्षा र रोजगारीबिचको अन्तरसम्बन्ध विषायक राष्ट्रिय सेमिनार सफलताका साथ सम्पन्न

१६भदाै, काठमाडाैं । नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा शिक्षा र रोजगारीबीचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार २९ अगस्ट (भाद्र १३) का दिन होटेल हिमालय, ललितपुरमा सम्पन्न भएको छ ।

नेपाल सरकार तथा स्विस सरकारको द्विपक्षीय सम्झौतामा संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाको सहयोगमा आयोजित सेमिनार शिक्षा र रोजगारी बिचको सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली युवाहरुलाई रोजगारमूलक सिप प्रदान गरि रोजगारीका लागि योग्य बनाउने विषयमा केन्द्रित थियो । नेपालमा प्राविधिक र व्यावसायिक शिक्षा र तालिम (टी-भेट) मा निजी क्षेत्रको संलग्नताका लागि विद्यमान चुनौतिहरुको सम्बोधन गर्ने, निजि क्षेत्रको सहभागिता अभिबृधदी गर्न नीतिगत सुझाव प्रदान गर्ने, र टी-भेटलाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार ल्याउने ल्याउने उदेश्यले सेमिनार आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘हिजुसम्म शिक्षा एक तिर, श्रम एकतिर र ब्यबसाय एक तिर भन्ने सोच थियो, आज यी तीन ओटै क्षेत्रलाई जोदनुपर्छ भन्ने उद्देश्य का साथ् यो कार्यक्रम भएको छ, तेसको लागि म सम्पूर्ण निजी छेत्रहरुलाई धन्यवाद दिन चाहन्छु । हामीले ४५ सालमा सी ति ई भी ती स्थापना गर्यौ। हामी आज ८१ सालमा आइसक्दा पनि त्यहि ४५ सालकै नीतिहरुमा आधारीत छौ र यसलाई संसोधन गरेको छैनौ । हामीले कम्तिमा सी ति ई भी ती को पाठ्यक्रम र पुनर्संरचनाका केही धारणा बनायौ भने ऐनमा पनी सुझाव दिन सक्छौ ,’ भनेर बताईन् ।

कार्यक्रमका मुख्य वक्ता चेयर अफ एजुकेसन सिस्टम ई।टि।एच। ज्युरिकका प्रोफेसर डा। उर्सुला रेनोल्डस्ले संघिय संरचनामा टी(भेट क्षेत्रमा औद्योगिक क्षेत्रको संलग्नताको विषयमाुशिक्षा प्रणालीले उद्योगले चाहेको जनशक्ति उत्पादन गर्ने कुराको सुनिश्चितताका लागि उद्योगसंगको साझेदारी महत्वपुर्ण हुन्छ । निजि क्षेत्रसंग समन्वय गरिनुपर्छ र टी-भेट उद्योग परिषद अबको उपयुक्त बाटो हुनसक्छू, भनेर बताईन् ।

स्वागत मन्तब्य राख्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले ुदेशमा सीपको ठूलो अभाव छ । देशका उद्योगहरूले दक्ष जनशक्ति पाउन संघर्ष गरिरहेका छन् । अर्कोतर्फ युवाहरु रोजगारीको खोजीमा छन् । उद्योगहरूले छिमेकी देश भारतबाट सीपयुक्त जनशक्तिको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । दक्ष जनशक्ति विकासका लागि हात मिलाएर काम गर्नुपर्ने शिक्षा र रोजगारी प्रणालीबीचको बेमेललाई कम गर्दै लैजानुपर्ने आवश्यकता छ । उद्योगको लागि चाहिने दक्ष जनशक्ति निर्माणका लागि लागि औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रम महत्वपूर्ण छ ,भनेर बताए ।

स्विस दुतावासका डेप्युटी हेड अफ मिसनरचार्जे डी’अफेयर्स माथियास ुमेईरले स्विटजरल्याण्डले ड्वेल (भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रमलाई नेपालमा बिगत एक वर्ष भन्दा लामो समय देखि प्रवर्धन गर्दै आइरहेको छ । ईटीएच ज्युरिक र काठमाण्डौ विश्वविधालयले गरेको अध्ययनबाट प्राप्त प्रमाणले यो अवधारणा प्रशिक्षार्थी र उद्योग दुबैका लागि फलदाई हुने कुरालाई स्थापित गरेको छ । तर यो अध्ययनका नतिजाहरुलाई प्रयोगमा ल्याउनु आवश्यक छ र मलाई बिश्वाश छ यो सेमिनार त्यो दिशातर्फ उन्मुख हुनेछ।ु भनेर बताए ।

यसैगरि सी।टी।ई।भि।टी। का सदस्य(सचिव महेश भट्टराई, होटेल महासंघ नेपालका अध्यक्ष विनायक शाह र नेपाल अटोमोबाइल व्यवसायी महासंघका अध्यक्ष करण चौधरीले नेपाली युवाहरुलाई सिप(युक्त रोजगारीका लागि तयार पार्न शिक्षा र रोजगारीलाई जोड्नुपर्ने आवश्यकता औल्याए ।

सेमिनारमा दुई वटा प्राविधिक सत्रहरु राखिएको थियो । पहिलो सत्रमा टी-भेट कार्यक्रमहरुमा संलग्नताको लागि निजी क्षेत्रको भूमिका, नीतिगत व्यवधान र सम्भावित उपायहरुको खोजिका सन्दर्भमा छलफल गरिएको थियो । उक्त सत्रमा नेपालमा ड्वेल-भेट औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण, युवा तथा उद्योगहरुलाई औद्योगिक प्रशिक्षणका फाइदाहरुका बारेमा गरिएको अध्ययनका नतिजाहरु र टी।ई।भि।टी मा नीतिगत अभाव सम्बन्धि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । यी विषयहरुमा संसदीय शिक्षा समिति, शिक्षा मन्त्रालय, नेपाल उद्योग परिसंघ र उद्योग बाणिज्य महासंघका प्रादेशिक प्रतिनिधिहरुको बिच छलफल गरिएको थियो ।

दोस्रो सत्रमा टी-भेट कार्यक्रमको तालिम अवधिमा निजी क्षेत्रको भूमिकाअन्तर्गत विद्यमान अभ्यासहरुका साथै सुधारका आवश्यकताहरुको बारेमा छलफल गरिएको थियो । नेपालमा टी-भेट स्कुलहरुको अवस्था र उद्योगहरुले नेतृत्व गरेको क्षेत्रगत सिप समितिहरुले रोजगारदाताका आवश्यकता र उत्पादन बिचको दुरीलाई कसरि कम गर्न सकिन्छ भन्ने सम्बन्धमा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त प्रस्तुति पछी क्षेत्रगत सिप समिति, सी(टी(ई(भी(टी( र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधिहरु सम्मिलित प्यानल छलफल भयो।

होटेल व्यवस्थापन तथा अटोमोबाइल औद्योगिक प्रशिक्षण प्रि९डिप्लोमा कार्यक्रमका प्रशिक्षार्थीहरु बिचको सिप प्रतिष्पर्धा समेत आयोजना गरिएको थियो । प्रतिष्पर्धामा सहभागी प्रशिक्षार्थीहरुले सवारी साधन मर्मत र खाना पकाउने कला प्रदर्शन गरेका थिए । कार्यक्रममा पन्चकन्या ग्रुप प्रा।ली।, नेपाल इकरात इन्जीनियरिंग प्रा।ली, अरिहान्त मल्टी फाइबर्स लि।, सी।जी। मोटो कर्पोरेसन, र एयरपोर्ट होटेल अप्रेन्टीसशिप च्याम्पियन अवार्डबाट सम्मानित भए ।

औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण कार्यक्रममा संलग्न भइ बिपन्न बर्गका युवा तथा महिलालाई प्राथमिकता दिई आफ्नो उद्योगमा धेरै संख्यामा प्रशिक्षार्थीहरुलाई प्रशिक्षणको लागि स्थान दिई कार्यक्रमलाई सक्रिय रुपमा सहयोग गर्ने उद्योगहरुलाई सम्मान स्वरूप पुरस्कृत गरिएको हो ।यसका साथै सिप प्रतिस्पर्धाका बिजयी प्रशिक्षार्थीहरु बसन्त कुमार चौधारी, रबिना राई र रश्मि मुखियालाई पनि पुरस्कृत गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours