सीई कर्पोरेट टी-१० प्रतियोगिता असोज ३ देखि  

१६ भदौ, काठमाडौं । सीई कर्पोरेट टि-१० प्रतियोगिताको दोस्रो संस्करण असोज ३ र ४ गते काठमाडौँ चुनिखेलमा हुने भएको छ । चुनिखेलमा नवनिर्मित रोयल्स स्पोर्ट्स पार्कको ओभल साइजको इन्डोर क्रिकेट मैदानमा खेल हुने आयोजक सीई कन्स्ट्रक्सन प्रालिले जानकारी दिएको छ ।

गत वर्ष माघमा भएको पहिलो संस्करणमा ११ वटा टिम सहभागी थिए, जसमा सलीको इन्सुरेन्स विजेता तथा सीई कन्स्ट्रक्सन उपविजेता बनेको थियो । आयोजक टिमका एक सदस्य अमित पौडेलले प्रतियोगिता कर्पोरेट र क्रिकेट क्षेत्र जोड्ने पुल समेत बन्ने विश्वास उनले गरे ।

प्रतियोगितामा सहभागी हुनको लागि ६० हजार रुपैयाँ इन्ट्री फि राखिएको छ । प्रतियोगितामा सहभागी हुन भदौ २० गते सम्म इन्ट्री खुला राखिएको छ । प्रतियोगिताको फर्म्याट लिग कम नकआउट रहनेछ र खेल १० ओभरको हुनेछ । प्रत्येक टिममा १० जना खेलाडी रहनेछन्, जसमा ८ जना खेलाडी प्लेइङ सेटमा रहनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours