अब निजी क्षेत्रले गुनासो गर्न छोड्नु पर्छ : अर्थमन्त्री पौडेल

१६ भाद्र, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई गुनासोबाट बाहिर निस्केर लगानी, उत्पादन र रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।

सरकारले निजी क्षेत्रका समस्या सुनवाई गर्ने र उचित समाधान खोज्न तयार रहेकाले अब निजी क्षेत्रले गुनासो गर्न छोड्ने बेला आएको बताएका हुन्।

आइतबार आर्थिक पत्रकार समाज नेपाल (सेजन)को २६औं सधारणसभामा बोल्दै उनले आर्थिक स्थिरताको लागि राजनीतिक स्थायित्व आवश्यक रहेकाले कांग्रेस-एमाले गठबन्धन बनेको र यो गठबन्धनको भूमिका महत्वपूर्ण रहेको औंल्याए।

मौद्रिक नीतिप्रति यो तहको स्वागत ऐतिहासिक भए पनि यसले शिथिलता चिर्न पर्याप्त नभएको पनि स्वीकार गरे।

मन्त्री पौडेलले आर्थिक सुधारका लागि थप छलफल र सुझावका लागि सेजनलाई आग्रह गर्दै, सरकारको तर्फबाट समस्याको समाधान गर्न आवश्यक कदम चाल्न तयार रहेको बताएका छन्।

आर्थिक स्थिरता र सुधारका लागि निरन्तर प्रयास र संवादलाई प्राथमिकता दिइने उनको भनाइ थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours