१५ भदौ, काठमाडौं । काली नेपालको आयोजना एवम् राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), प्रदर्शन र पुनर्वास केन्द्र सङ्गको सहकार्यमा एनएमबि काली नेपाल क्यालिस्टेनिक्स च्याम्पियनसिप सम्पन्न भएको छ।
काठमाडौंको नाडा केन्द्र बाँसबारीमा आयोजित नेपालको पहिलो क्यालेस्थेनिक च्याम्पियनसिप सम्पन्न भएको छ।
पहिलो पटक आयोजना गरिएको क्यालिस्टेनिक्स च्याम्पियनसिपमा महिला पुरुष गरि पचास जनाको सहभागीता रहेको थियो ।
काली नेपालको अध्यक्ष सम्राट पाण्डेले स्थापना काल देखी नै नेपालमा क्यालिस्टेनिक्स खेलको सुरुवात गरेका छन् । उनले बेलायतमा लामो समयको अध्यन पश्चात् नेपाल फर्किएका पाण्डेले नेपालमा यो खेलको सम्भावना रहेको युवाहरुको जमात ठुलो संख्यामै रहेकाले यो खेलप्रती आकर्षण बढााउन र आगामी दिनमा अन्तर्राष्ट्रिय रुपमा नेपाली खेलाडीलाई पुर्याउन संघर्षरत रहेको बताउछन् ।
आजको खेल बाट उत्कृष्ट पाँच जनालाई अन्तर्राष्ट्रिय खेलमा सहभागी गराउने र आउदो डिसेम्बरमा बृहत क्यालिस्टेनिक्स प्रतियोगिताको आयोजना गर्ने राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), प्रदर्शन र पुनर्वास केन्द्रका अध्यक्ष बिबेक बिक्रान्त अधिकारीले जानकारी दिएका छन् ।
विवेक विक्रान्त अधिकारी राष्ट्रिय एथलेटिक्स विकास संघ (नाडा), प्रदर्शन र पुनर्वास केन्द्रका संस्थापक अध्यक्ष मात्र नभई एक एथलेटिक थेरापिस्ट र प्रदर्शन कोच पनि हुन् । उनले साउथवेस्टर्न ओक्लाहोमा स्टेट युनिभर्सिटीबाट एथलेटिक प्रशिक्षणमा स्नातक गरेर नेपाल राष्ट्रिय फुटबल टोलीमा पुरुष र महिला दुवैसँग काम गर्ने अनुभव बटुलेका छन् । राष्ट्रिय टोलीसँगै उनले नेपालको ए डिभिजन फुटबल क्लब संकटा एफसी र खुमलटार एफसीमा पनि काम गरेका छन् ।
+ There are no comments
Add yours