माछापुच्छ्रे बैंक र बिगमार्टबीच सम्झौता

१४ भदाै, काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट (बिगमार्ट) प्रालिबीच डिजिटल कारोबार प्रवर्द्धन एवम् प्रोत्साहन गर्ने उद्देश्यले सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले बिगमार्टका आउटलेटहरूबाट सामान खरिद गरे बापतको भुक्तानी डिजिटल माध्यमबाट गर्दा आर्कषक सुविधा पाउने बैंकले जनाएको छ ।

हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्ड प्रयोग गरी पीओएसबाट बिगमार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा २०० रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिने बैंकको भनाइ छ ।

माछापुच्छ्रे बैंकले देशभरिका ३ सयभन्दा बढी संघसंस्था तथा व्यापार व्यवसायसँग व्यावसायिक सम्झौता गरी ग्राहकलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।

सम्झौताबाट ग्राहकलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संघसंस्थालाई व्यापार प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास बैंकले लिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours