एमसिसी परियोजना : १८ किमी सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता

१४ भदाै, काठमाडाैं । अमेरिकी सरकारको अनुदान सहयोगमा बन्ने १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ ।

नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाको एक महत्वपूर्ण अंशका रूपमा यसलाई हेरिएको छ ।

अर्थ मन्त्रालय,नेपाल विद्युत् प्राधिकरण,एमसिसी तथा एमसिए–नेपालकाे उपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङ्खेदेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्म यो प्रसारणलाइन निर्माण हुनेछ । २१ महिना अवधिमा निर्माण गरिने यो आयोजना निर्माणका लागि ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १२३.६० लाख अमेरिकी डलरमा सम्झौता गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours