उच्च मूल्यबाट घट्यो सुन

१४ भदौ, काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ शुक्रबार सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ शुक्रबार १ लाख ५२ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँ रहेको चाँदी शुक्रबार १८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours