लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त

१४ भदाै, काठमाडाैं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर प्रति शेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ ।

आइपीओ निष्काशन तथा विक्रीका लागि कम्पनीले भदौ ९ गते एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु जीवन बीमा सेवा पुर्याउने लक्ष्य लिई यस लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी २०८० भदौ १ गते लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी २०८० पुस ६ गतेदेखि औपचारिक रुपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आईरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours