महिला पर्यटन व्यवसायी संजालको तिज कार्यक्रम सम्पन्न

१४ भाद्र ,काठमाडौं । नेपाली नारीहरुको माहान चाड हरितालिका तिजको अवसर पारेर महिला पर्यटन व्यवसायी संजालको आयोजनामा तिज विशेष कार्यक्रम काठमाडौंको ठमेलमा सम्पन्न भएको छ।

महिला पर्यटन व्यवसायी संजाल कि अध्यक्ष निर्मला धमलाको अध्यक्षतामा आयोजित कार्यक्रममा ट्रेकिङ एसोसिएसन नेपालका महिला प्रतिनिधिहरु लगाएत पर्यटन व्यवसाय सङ्ग आवद्ध महिलाहरुको बाक्लो सहभागिता रहेको उक्त कार्यक्रममा नाचगान संगै सांस्कृतिक सदभाव साटासाट गर्नुको साथै पर्यटन व्यवसायमा महिलाको भुमिका एवम् संस्थाको आगामी रणनीति बारे छ्लफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

महिला पर्यटन व्यवसायी संजाल स्थापनाको छोटो समयमै सदस्यता संख्याको बिस्तार एवम् पर्यटन व्यवसायीमा आवद्ध महिलाहरुलाई एकताबद्ध गर्दै महिलाहरुलाई उधमशिलता सङ्ग जोडदै आएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours