जितु र नीतिको ‘ज्वाइँ साब’को टिजर यस्तो बन्यो

१३ भदाै, काठमाडौं । असोजको २४ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ। कमेडी शैलीमा सार्वजनिक भएको टिजरमा मुख्य कलाकार जितु नेपाललाई प्राथमिक्ताकासाथ देखाइएको छ। उनको साथमा सिनेमामा नायिका नीति शाहको मुख्य भूमिका छ।

नीतिलाई भने हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएको देखाइएको छ। मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको सिनेमाका निर्देशक बसन्त निरौला हुन्।

विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमामा शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ।

सिनेमामा जितु नेपाल, नीति शाह, बुद्दि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ।

राजकुमार पण्डितको प्रस्तुतीमा तयार भएको सिनेमाले दशैंमा दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने दाबी निर्देशक निरौलाको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours