तिजमा खर्चिलो कार्यक्रम गरे कारबाही गर्ने काठमाडौँ प्रशासनको चेतावनी

१३ भदाै, काठमाडाैं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिज मनाउने क्रममा अनावश्यक तडकभडकसहित खर्चिला कार्यकम गरे कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बिहीबार सूचना जारी गर्दै सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको स्मरण गराउँदै उल्लंघन गरे कानुन अनुसार अघि बढ्नु पर्ने जनाएका छन् ।

सूचनामा आफ्नो परम्परा एवम् सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तिजसँग सम्बन्धित खर्चिला एवम् भड्किला कार्यक्रमहरू सञ्चालन नगर्न नगराउनु अनुरोध गर्दै अनावश्यक तडकभडक र फजुल खर्च नियन्त्रण गरी असल संस्कारको विकास गर्दै जानु सबैको कर्तव्य भएकाले सबै राजनीतिक दल, नागरिक समाज, पेसागत सङ्घ संस्थाहरू, सञ्चारकर्मीहरू, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरूलाई आग्रह गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours