भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु

१३ भदौ, काठमाडौं । भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा स्थानीय विष्णु वैद्यको आफ्नै साढे तीन तले घरको छतबाट लडेर मृत्यु भएको हो ।

बुधबार साँझ पौने ६ बजे छतबाट धानखेतमा खसेका उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारका लागि भक्तपुर अस्पता लगिएको र चिकित्सकले साँझ ६ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले जानकारी दिए ।

उनको काठमाडौं मेडिकल कलेज दुवाकोटमा पोस्टमार्टम गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours