बिहीबार सुनको भाउमा सामान्य वृद्धि

१३ भदाै, काठमाडाैं । बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार प्रतितोला ८०० रुपैयाँले बढेको सुनको भाउ आज १०० रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ५१७ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ दशमलव ४७ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours