‘अवतार ३’ को पोस्टर र रिलिज मिति घोषणा, शीर्षक राखियो- ‘फायर एण्ड एस’

१२ भदाै, काठमाडाैँ । बहुप्रतीक्षित हलिउड साइन्स-फिक्सन फिल्म ‘अवतार ३’ को औपचारिक शीर्षक र प्रदर्शन मिति सार्वजनिक भएको छ । लस एन्जलसमा आयोजित समारोहमा निर्देशक जेम्स क्यामरुन, कलाकारद्वय जोय साल्दाना र साम वर्थिङ्टनले टाइटल लोगो सार्वजनिक गरेको छ ।

जसअनुसार तेस्रो श्रृंखलाको नाम ‘अवतार : फायर एण्ड एस’ राखिएको छ । यो फिल्म सन् २०२५ को क्रिसमस सप्ताहन्त अर्थात् १९ डिसेम्बरमा विश्वव्यापी रिलिज हुनेछ ।निर्देशक क्यामरुनले फिल्मको फुटेज त प्रस्तुत गरेनन् तर उनले कन्सेप्ट आर्ट भने देखाए, जसमा नेतिरी (साल्दाना) ठूला जहाज जस्तै देखिने बान्सीमा सयर गरेको देखिन्छ । साथै, सांसरिक मास्क लगाएका भूत जस्तै देखिने नाभीका सदस्य आगोको वरिपरि नाचेको पनि देखिन्छ ।

‘तपाईंले यसअघि कहिल्यै नदेखेको पाण्डोरामा यसमा देख्नुहुन्छ,’ क्यामरुनले भने, ‘यो कुरा आँखाका लागि साहसिक ट्रिटमेन्ट हो । अघिल्लाभन्दा धेरै भावनात्मक पक्ष यसमा मिसिएको छ । तपाईंले चिन्नुहुने र माया गर्ने पात्रको जटिल क्षेत्रमा हामी जाँदैछौं ।’

निर्देशक क्यामरुनले सन् २०२२ मा ‘अवतार : द वे अफ वाटर’सँगै यो फिल्मको छायांकन गरेका थिए । दोस्रो फिल्मले एलियन बसोबास गर्ने ग्रह पाण्डोरामा त्यहाँका आदिवासी र पृथ्वीबाट गएका मानिसबीच प्राकृतिक स्रोत साधनको व्यवस्थापन र लुछाचुँडीको कथा भन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours