‘आउटलः दफा २१९’, नयाँ मिति कहिले?

१२ भदाै, काठमाडौं । असोजको ३ गते रिलिज हुने बताइएको ‘आउटलः दफा २१९’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित भएको छ।

निर्माणपक्षले एक विज्ञप्ती जारी गर्दै फिल्मको छायांकन र प्राविधिक काम बाँकी रहेकाले असोज ३ गतेबाट फिल्म रिलिज गर्न नसक्ने जानकारी दिएको हो।

निर्माणपक्षले दर्शकहरुले एउटा उत्कृष्ट फिल्म हेर्नका लागि प्रतिक्षा गरेको भन्दै सोही अनुसारको फिल्म बनाउन समय लाग्ने भएकाले रिलिज स्थगीत गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

फिल्मको फस्टलुक, टिजरबाट प्राप्त प्रतिक्रियाले आफूहरु उत्साहित रहेको भन्दै निर्माणपक्षले चाडै नै नयाँ रिलिज मिति तय गर्ने बताएको छ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको मुख्य भूमिका छ।

फिल्ममा अमित अग्रहरिको लगानी छ। विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन्। फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन, साहिल खानको सम्पादन छ।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours