पोखरा प्रिमियरमा ‘वर एण्ड वधु’ले पायो उत्कृष्ट प्रतिक्रिया

१२ भदाै, काठमाडौं । शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘वर एण्ड वधु’को पोखरामा भएको मोफसल प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ। पोखराको मिडटाउन हलमा मंगलबार बेलुकी आयोजित प्रिमियर कार्यक्रममा फिल्मका कलाकारहरु सहभागी थिए।

निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा, नायक विवेक कर्मचार्य, कलाकार कुसुम शर्मा र विजु पार्की प्रिमियरमा सहभागी हुन पोखरा पुगेका थिए। पोखरामा आयोजित प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्देशक चाम्सले आफू उत्साहित भएको प्रतिक्रिया दिए।

मिडटाउन हलसँगको सहकार्यमा आयोजित प्रिमियरमा पत्रकार, विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी थिए। निर्देशक चाम्सले प्रिमियरमा निकै राम्रो प्रतिक्रिया पाएपछि दर्शकले पनि यो फिल्मलाई मन पराउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

रोमान्टिक कमेडी जनराको यो फिल्मको बुधबार ललितपुरको लाबिम मलमा पनि प्रिमियर हुँदैछ। लाबिम मलमा ‘रेड कार्पेट मिरर वाक प्रिमियर’को आयोजना गर्न लागिएको निर्माणपक्षले जानकारी दिएको छ।

नेपालमै पहिलो पटम ‘मिरर वाक प्रिमियर’ आयोजना गर्न लागेको निर्माणपक्षले उपस्थित अतिथीहरुले नयाँ शैलीको प्रिमियरको अनुभुती गर्न पाउने विश्वास लिएको छ। शुक्रबारदेखि रिलिज हुन लागेको फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने र दर्शकले पनि फिल्म मन पराउने विश्वास गरिएको छ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको यो फिल्मका कार्यकारी निर्माता अमित रिजाल हुन्। फिल्मको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours