यस्तो बन्यो ‘शाम्बाला’को ट्रेलर

१२ भदाै, काठमाडौं । ‘शाम्बाला’को ट्रेलर सार्वजनिक भएको छ। भदौ २८ गते रिलिज हुने सिनेमाको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो।

मीनबहादुर भाम निर्देशित सिनेमालाई नेपालमा एप्पल इन्टरटेनमेन्टले रिलिज वितरण गर्नेछ। विश्वप्रसिद्ध बर्लिन सिनेमा महोत्सवमा वर्ल्ड प्रिमियर भएको सिनेमा यही महिना स्वीट्जरल्याण्डको लोकार्नो सिनेमा महोत्सवमा पनि प्रदर्शित भएको थियो।

नेपालको डोल्पा जिल्लाको स्थानिय भाषामा बनेको सिनेमामा नेपाली र अंग्रेजी सबटाइटलमा देखाइने छ। सहरी क्षेत्रमा अंग्रेजी र गाउँले क्षेत्रमा नेपाली सबटाइटलमा देखाइने जानकारी निर्देशक मीन बहादुर भामले दिएका छन्।

‘मेरो पहिलो सिनेमा कालोपोथी केही हलमा मात्र रिलिज भएको थियो। यो सिनेमा भने एप्पल इन्टरटेनमेन्टको सहयोमा वाइड रुपमा नेपालभर लगाउँदैछौं’, भामले भने।

‘शाम्बाला’लाई अहिलेसम्मकै महंगो नेपाली सिनेमा दाबी गरिएको छ् निर्माणपक्षले सिनेमाको बजेट १४ करोड रहेको दाबी गरेको छ।

नेपालको चलचित्र विकास बोर्डसहित यो सिनेमाले विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न पुरस्कार जितेको छ। सिनेमालाई नेटफ्लिक्समा रिलिजका लागि आफ्ना विदेशी निर्माता लागिपरेको समेत भामले बताए।

सुनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य,लोटन निमलिङ्ग, जंग बहादुर लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

सिनेमाको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन्। सिनेमाको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours