प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्रीले गरे गृहसचिवसँग छलफल

१२ भदौ, काठमाडौं । प्रकाश तामाङको नागरिकता बनाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसँग छलफल गरेका छन् ।

सामाजिक सञ्जालमा गृहसचिव अर्यालसँगको फोटो राख्दै प्रधानमन्त्री ओलीले प्रकाश तामाङको नागरिकता बनाउनेबारे छलफल गरेको जानकारी दिएका हुन् ।

‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ’ प्रधानमन्त्रीले लेखेका छन् ।

प्रकाशको वास्तविक जीवनको कथा ‘हेर्ने कथा’ले सार्वजनिक गरेको छ ।

गृहसचिव अर्यालले प्रकाशलाई दुई-चार दिन भित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्री ओेलीले जानकारी दिए । प्रधानमन्त्री ओलीका अनुसार यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ ।

‘नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ’ प्रधानमन्त्रीले लेखेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours