नेपालिज रेडियोथेरापी तथा अङ्कोलोजी समाजलाई फारोको सदस्यता प्रदान

११ भदाै, काठमाडौं । नेपालिज रेडियोथेरापी तथा अङ्कोलोजी समाज (Nepalese Society of Radiotherapy and Oncology/NESRO) अब एसियाली संगठनहरूको महासंघ फेडरेसन अफ एसियन अर्गनाइजेसन्स फर रेडिएसन अङ्कोलोजी (फारो) को पूर्ण सदस्य बनेको छ। यो सदस्यता मलेसियाको क्वालालम्पुरमा २३-२५ अगस्टमा आयोजित फारो परिषद्को बैठकमा प्रदान गरिएको हो।

फारो एसियाभरका रेडिएन र क्लिनिकल अङ्कोलोजी संगठनहरूको एक साझा संघ हो, जसले क्षेत्रीय सहकार्य, अनुसन्धान, र क्यान्सर उपचारको स्ट्यान्डर्ड बनाउन महत्वपूर्ण भूमिका खेल्छ।

NESRO को फारो सदस्यताले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ज्ञान र अनुभव आदान-प्रदान गर्ने, नवीनतम प्रविधि र उपचार पद्धतिहरूमा पहुँच प्राप्त गर्ने, क्षेत्रीय र अन्तर्राष्ट्रिय अनुसन्धान परियोजनाहरूमा सहभागी हुने र नेपाली चिकित्सकहरू तथा वैज्ञानिकहरूका लागि प्रशिक्षण र क्षमता अभिवृद्धिका अवसरहरू सिर्जना गर्ने प्रदान गर्नेछ।

क्वालालम्पुरमा आयोजित युरोपियन सोसाइटी अफ रेडियोथेरापी एण्ड अनकोलोजी (ESTRO) र फारो सोसाइटीको संयुक्त बैठकमा उपाध्यक्ष डा विवेक आचार्य, सचिव डा सन्ध्या चापागाईं, सदस्य डा सीमित सापकोटा र नेपालका अन्य प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा कोषाध्यक्ष डा सुभाष पण्डितले नेपालको तर्फबाट नेपालमा क्यान्सर रोग र उपचारको वर्तमान अवस्था, हालसम्मको प्रगति र भविष्यका NESRO ले गर्ने लागेका योजनाहरूलाई प्रकाश पारे।

NESRO ले आगामी दिनहरूमा फारोसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ। यसमा अन्तर्राष्ट्रिय सम्मेलनहरू, प्रशिक्षण कार्यशालाहरू र संयुक्त अनुसन्धान परियोजनाहरू समावेश छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours