११ भदाै, काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित सवारी साधनहरुको कुम्भमेला ‘नाडा अटो शो २०२४’ मा सांग्रिला मोर्टसले ‘लिपमोटर सी १०’ को मूल्य सार्वजनिक गरेको छ ।
प्रिमियम एसयुभी ‘लिपमोटर सी १०’ को लन्च सोमबार नै भए पनि आधिकारिक बिक्रेता सांग्रिला माटर्सले मूल्य र विशेषता सार्वजनिक गरेको थिएन ।
‘नाडा अटो शो २०२४’ मा मूल्य सार्वजनिक गरिएको हो । बजार मूल्य ७२ लाख रहेको लिपमोटर सी १० नाडा अटो शोमा बुक गर्नेले भने ६७ लाख ९९ हजार रूपैयाँमै खरिद गर्रन सक्नेछन् । साथै अन्य समयमा लिपमोटर सी–१० को मूल्य भने ६९ लाख ९९ हजार रहेको कम्पनीले जनाएकाे छ ।
यस्तै कारको पावर १६० किलोवाट, ब्याट्री क्यापासिटी ६९.९ किलोवाट, ग्राउन्ड क्लियरेन्स १९० एमएम र रेन्ज १६० किलोमिटर रहेको शांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले जानकारी दिए । नेपालमा पुजो, सिट्रन लगायतका प्रिमियम एसयुभी भित्र्याएको सांग्रिला मोटर्सले पहिलो पटक प्रिमियम इभि एसयुभी लन्च गरेको हो ।
लिपमोटर सी १० र सांग्रिला मोटर्सले शोकेसमा राखेका अन्य कारहरुबारे भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा गई बुझ्न सकिन्छ ।
+ There are no comments
Add yours