नेपालगन्जबाट ३४ तोला सुन र साढे १० ताेला चाँदीसहित ४ जना पक्राउ

११ भदाै, काठमाडाैं । प्रहरीले नेपालगन्जको एउटा पसलबाट ठुलो मात्रामा सुनचाँदीसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडीसहित ४ जनालाई पक्राउ गरेकाे जानकारी दिए ।

उनका अनुसार बरामद भएको सुनचाँदी पसलका सञ्चालक फरार छन् । बरामद सामानको मूल्य, गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

बर्दियाका १ जना सुन पसलेले गाडीमा केही सुनचाँदी किनेर लैजाँदै गरेको सूचनाका आधारमा उनलाई बाटोमा केरकार गर्दा सो परिमाणमा सामान भेटिएको प्रहरीले जनाएको छ ।

ती व्यापारीले नेपालगन्जबाट सामान किनेको बताएको र बिक्री गर्ने कालीगढकहाँ पुग्दा उनी भागेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours