टाटाकाे पन्च इभी सार्वजनिक, मूल्य ३४ लाखदेखि ३९ लाखसम्म

११ भदाै, काठमाडाैं । भृकुटीमण्डपमा आज सुरु भएकाे नाडा अटो शाेमा टाटाकाे बहुप्रतीक्षित पन्च इभी सर्वजनिक गरिएकाे छ।

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शोमा पन्चका विभिन्न भेरियन्टकाे मूल्यसमेत सार्वजनिक गरेकाे छ ।

जसअनुसार पन्च इभीको सुरुआती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ भने सबैभन्दा बढी ३८ लाख ९९ हजार र मिडियम रेन्जको ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

१६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प-ओभर एंगल्सलगायत विशेषता रहेकाे यस इभीमा ९०-डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको बताइएकाे छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours