अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नाडा अटो शोमा लञ्च : मुल्य कति

११ भदाै, काठमाडाैं । भेस्पा र स्पोर्टी अप्रिलिया ब्राण्डका स्कूटरहरूको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्पले नाडा अटो शो २०२४ मा नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर लञ्च गरेको छ, जसको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ ।

अप्रिलिया स्टोर्म १२५ बीएस ६ स्कूटर नेपाली बजारमा १२५सीसी प्रिमियम स्कूटरहरूको वर्गमा सर्वाधिक लोकप्रिय स्कूटरहरू मध्ये एक हो । युवावर्गको आकर्षणलाई ध्यानमा राख्दै डिजाईन गरिएको यो स्कूटरको नयाँ भेरिएण्टमा केही अपडेटहरू पनि गरिएको छ । जसले यसलाई अझ शार्प र स्पोर्टी बनाएको छ ।

यस स्कूटरमा अब २२० एमएमको भेन्टिलेटेड डिस्क लुब्रेकको अपडेटेड ब्रेकिङ सिस्टम रहेको कम्पनीले जनाएको छ । जसमा कम्बि–ब्रेकिङ सिस्टमलाई स्ट्याण्डर्डको रूपमा राखिएको छ ।

यसले स्कूटरको नियन्त्रण र सुरक्षालाई अझ उत्कृष्ट बनाउँछ । साथै, यसमा सेमी डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर रहेको कम्पनीको भनाइ छ । रातीको यात्रामा स्पष्टसँग देखिनका लागि र सुरक्षा सुनिश्चित गर्न यसमा एलईडी हेडल्याम्पहरू थपिएको कम्पनीले जानकारी दिएको छ । यसको अपडेट गरिएको बडी ग्राफिक्स र रंगहरुले यसलाई थप आकर्षक बनाएको छ । ठूलो १२–इन्चको एलोय ह्वील्स र टेलिस्कोपिक फ्रन्ट फोर्क्स, साथै पछाडिको मोनोशकले स्कूटरको सवारी अनुभवलाई थप स्टेबल र आरामदायक बनाएको छ ।

डेल्टा अटोकोर्प प्रा।लिका निर्देशक तथा सीईओ विजय के। महतोले भने, “हामी हाम्रो स्पोर्टी अप्रिलिया ब्राण्डमार्फत नयाँ उत्पादनहरू प्रस्तुत गर्न पाउँदा खुशी भएका छौं । प्रिमियम इटालियन ब्राण्डहरू मार्फत, हाम्रा उपभोक्ताहरूको अनुभवलाई अझ स्मरणीय बनाउँने हाम्रो प्रतिबद्धता रहेको छ । नयाँ अप्रिलिया स्टोर्म १२५ बीएस ६ ले रोमाञ्चक सवारी प्रदर्शनलाई पूरा गर्न हाम्रो प्रविधि प्लेटफर्मलाई थप मजबुत बनाउँदै बजारमा नयाँ मापदण्डहरू सेट गरेको छ । ’’

लन्चको साथमा, डेल्टा अटोकोर्प प्रा।लि। ले नाडा अटो शो २०२४ का लागि “सेभिङ्स एक्स्ट्राभागेन्जा स्किम“ को घोषणा गरेको छ । यो स्किममा अप्रिलिया वा भेस्पा स्कूटर बुक गर्ने ग्राहकहरूले १५ रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । साथै, शोको समयमा बुक गर्ने ग्राहकहरूले हुनर २०० वा हुनर २०० प्रो मोबाइल फोनको खरिदमा ५ प्रतिशत छुटको विशेष अफर हरेको छ कम्पनीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours