सौगातको ‘बम बहादुर’ कार्तिक 3० गते रिलिज हुने

१० भदाै, काठमाडौं । ‘बम बहादुर’ सिनेमाले आफ्नो रिलिज मिति घोषणा गरेको छ। घोषणा अनुसार अभिनेता सौगात मल्लको शीर्ष भूमिका रहेको सिनेमा आगामी कार्तिक ३० गतेबाट प्रदर्शनमा आउनेछ।

निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आइतबार सिनेमाको रिलिज घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा सौगातलाई लडाकुको भेषमा देख्न सकिन्छ । यस्तो पोस्टरको पृष्ठभूमिमा बन्दुक बोकेका सैनिकहरू देखिन्छन्।

सिनेमाले द्वन्द्वकालीन समयको कथा प्रस्तुत गर्ने कुरा पोस्टरबाट बुझ्न सकिन्छ। सिनेमा जोन राईले निर्देशन गरेका हुन्। सौगातका अलावा सिनेमामा प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, बाल कलाकार वाशित कार्की, सुरेश पाँचकोटी लगायतको अभिनय छ।

सञ्जीव सार्की निर्माता रहेको सिनेमाको कथा तथा पटकथा जोन राई एवम् रुपेश तामाङले संयूक्तरुपमा लेखेका हुन्। सुजोय कुमार घोष (मुन्ना) सिनेमाका छायाँकार हुन्।
सिनेमा सस्पेन्स, थ्रिलर, प्रेम र सामाजिक कथाको समिश्रण रहेको निर्देशक राईको भनाइ छ।

‘यसको कथाले दर्शकलाई बम बहादुर (सौगात मल्ल)को बाल्यकालको स्मरणमा पुर्‍याउँछ, जहाँ उसका सुन्दर पलहरू एकाएक विगतको एक घटनाले छिन्नभिन्न हुन्छन्। सिनेमा वर्तमान र विगतको कथा जोड्दै एउटा नाटकीय क्लाइमेक्समा टुङ्गिन्छ, जसले दर्शकलाई रोमाञ्चक बनाउँछ,’ उनले भने।

RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10003 milliseconds with 0 bytes received

You May Also Like

More From Author

+ There are no comments

Add yours