१० भदाै, काठमाडाैं । विद्युत् विकास विभागले १ मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् उत्पादक कम्पनीहरूलाई बक्यौता रोयल्टी तिर्न निर्देशन दिएको छ ।
विभागले उक्त क्षमताका सबै जलविद्युत् उत्पादकहरूलाई विद्युत् ऊर्जा बिक्री बापतको रोयल्टी छिटो फरफारक गर्न भनेको हो । विभागले यसका लागि ३५ दिनको समय दिएको छ ।
यस अवधिभित्र २०८०/८१ सम्मको बक्यौता फरफारक गर्न र आर्थिक बर्ष २०८१/८२ को जडित क्षमताबापतको रोयल्टी समयमा बुझाउन समेत विभागले भनेको हो ।
यस्तो रोयल्टी संघ सरकारसँगै स्थानीय र प्रदेश तहमा समेत बाँडफाँट हुन्छ । विभागले समयमै रोयल्टी तिरेर जिम्मेवारी बहन गर्न उत्पादकहरूलाई सचेत गराएको हो ।
+ There are no comments
Add yours