जोन्सेन ब्रान्डका मोटरसाइकल नेपालमा, यस्ता छन् विशेषता, कति पर्छ मूल्य ?

१० भदाै, काठमाडाैं । ‘नाडा अटो शो २०२४’ को पूर्वसन्ध्यामा जोन्सेन ब्रान्डको आधिकारिक बिक्रेता स्यामुकापु ट्रेडिङ्गले जोन्सेन ब्रान्डका मोटरसाइकल र स्कुटर लन्च गरेको छ ।

पछिल्लो समयमा नेपालमा विविध ब्रान्डका मोटरसाइकल तथा स्कुटर भित्रिने क्रम जारी छ । यसलाई निरन्तरता दिँदै व्यापारिक घराना ज्योति ग्रुपको लगानी रहेको स्यामुकापु ट्रेडिङ्गले पनि जोन्सान ब्रान्ड अन्तर्गतका इन्ट्री लेबलदेखि प्रिमियम मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा ल्याएको हो ।

८० भन्दा बढी देशहरूमा उपस्थिति भएको चीनको अग्रणी मोटरसाइकल निर्माता जोन्सेनले आफ्नो गुणस्तर र नवीनतालाई नेपाली बजारमा पस्केको छ । नेपालको भौगोलिक विविधतालाई मध्यनजर गर्दै ग्राहकको आकांक्षा र आवश्यकतालाई पूरा गर्ने उद्देश्य सहित शक्तिशाली अफरोड मोटरसाइकल लन्च गरिएको हो ।

स्यामुकापु ट्रेडिङ्गले जोन्सेनका ९ मोडलहरु लन्च गरेको छ । जसअन्तर्गत इन्ट्री लेबलमा ११९.६ सीसीको ZS125-17A (YEMI) देखि टप–अफ–द–लाइन २५० सीसीको ZS200GY-4 पर्दछन् ।

कम्पनीले लन्च गरेका मोडलको विवरणः

यी सम्पूर्ण मोडलहरु स्यामुकापु ट्रेडिङको विराटनगर, वीरगञ्ज, भरतपुर, काठमाडौं, पोखरा, भैरहवा र बुटवल मा रहेका आधिकारिक शोरुमहरुमा उपलब्ध छन् । साथै कम्पननीले ग्राहकका लागि आकर्षक प्याकेज समेत उपलब्ध गराएको छ । जसअन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिदमा दुई वर्षको वारेन्टी, ६ पटकसम्म निःशुल्क सर्भिसिङ सेवा र हेल्मेट पर्छ ।

जोन्सेन मोटरसाइकल चोङकेन जोन्सेन अटोमोबाइल इन्डस्ट्री कम्पनी लिमिटेडको एक महत्वपूर्ण हिस्सा हो । कम्पनीले सन् १९९६ देखि समय सामयिक पेट्रोल टू व्हिलर, इभि टु व्हिलर, टू व्हिलरका पार्टस्, अटोमोबाइलका पार्टस र आइटीका पार्टसहरु उत्पादन गर्नुका साथै बिक्री वितरण गर्दै आएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours