१० भदाै, काठमाडौं । गाउँघर उज्यालो साना हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ र यसका लागि असोज ३ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको बालकुमारी स्थित केएफसीमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो । सभामा शेयरको सार्वजनिक निष्काशन गर्ने र सोबाट प्राप्त हुने पूँजीको उपयोग गर्ने, पूँजी वृद्धि गर्ने र स्वीकृत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरू छलफल गरी अनुमोदन गर्ने प्रस्ताव रहेको छ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।
+ There are no comments
Add yours