ओमानका विदेशमन्त्री आज नेपाल आउँदै

१० भदाै, काठमाडाैं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी आज नेपाल आउँदै छन् । विदेशमन्त्री बुसैदी परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि काठमाडौं आउन लागेका हुन् ।

दुई देशका विदेशमन्त्रीबीच नेपाल र ओमानबीचको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै विदेशमन्त्री बुसैदीले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने छन् ।

उनी मंगलबार ओमान फर्किनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours