सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य पाँच अर्ब घटाइयो

१० भदाै, काठमाडाैं । पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१\८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ । कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यानुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घटाएको हो ।

भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनवहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आवमा ६० अर्ब चार करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताए । “कार्यालयले गत आवमा लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत राजस्व असुली गरेको थियो । आव २०७९\८० को तुलनामा आव २०८०\८१ म पाँच अर्ब रुपैयाँ भन्दा धेरै राजस्व सङ्कलन गर्न सकिएको थियो”, उनले भने, “गत आवमा लक्ष्यानुसारको राजस्व सङ्कलन हुन भने सकेन ।”

भन्सार विभागले आव २०८०\८१ मा कार्यालयलाई ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । विभागले कार्यालयलाई आव २०७९\८० मा पनि ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो । तर कार्यालयले सो आवमा पनि लक्ष्यको ६२ दशमलव ८८ प्रतिशत अर्थात् ४२ अर्ब ४० लाख २२ हजार ९३ रुपैयाँ रकम राजस्व सङ्कलन गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours