सन्दर्भःश्रीकृष्णजन्माष्टमी

सन्दर्भः श्रीकृष्णजन्माष्टमी
सच्चिदानन्दरुपाय विश्वोत्त्पत्यादिहेतवे ।
तापत्रय—विनाशाय श्री कृष्णाय वयं नुम :।।
भगवान् श्रीकृष्णको जन्म :

द्वापरयुगमा उग्रसेन नाम गरेका राजा थिए । उनका छोरा कंस र छोरी देवकी थिइन् । कंसले आफ्नै बुवा राजा उग्रसेनलाई बन्दी बनाई आफैँ राजा भएर सम्पूर्ण प्रजाहरूलाई दुःख दिने काम ग¥यो । धर्मकर्मको काम ठप्प भयो । असुरहरूको शक्ति बढ्यो र सज्जनहरूले पीडा अनुभव गर्नुप¥यो । जगत् पूरै अस्तव्यस्त भयो । कंस, जरासन्ध, शिशुपाल, चाणूर र मुष्टि जस्ता राक्षसहरुको तागत बढ्दै गयो ।

दाजु कंसले आफ्नो बहिनीको विवाह आफ्ना मित्र वसुदेवसँग गरिदिई बहिनी ज्वाँइलाई पु¥याउन बाटोमा जाँदै गर्दा आकाशवाणी सुन्छ “ कंस तँ जसलाई पु¥याउन जाँदै छस्, उसकै आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ ।” आकाशवाणी सुनेपछि कंसले आफ्नी बहिनीलाई तत्कालै मार्न तयार भयो । वसुदेवले आफ्ना प्रत्येक सन्तान जन्मने बित्तिकै कंसलाई टक््रयाउने प्रण गरेपछि मात्र कंस मान्न तयार भयो र वसुदेव र देवकी दुवैलाई कारागार चलान गर्यो । क्रमश ः छैटौँ पुत्रसम्मलाई जन्मने बित्तिकै कंसले मा¥यो । देवकीको सातौ गर्भलाई भने भगवान्को मायावी शक्तिले देवकीको गर्भबाट कर्षण गरी वसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा राखिदिनुभयो । शेषनागका अवतार मानिने बलराम देवकीको सातौँ गर्भ भएर पनि रोहिणीको कोखबाट जन्मनुभयो । सातौँ गर्भ तुहिएको कुरा कंसलाई जानकारी गराइयो । पूर्वजन्ममा भगवान् विष्णुलाई आफ्नो सन्तानका रुपमा प्राप्त गर्ने वर पाएका देवकी र वसुदेवको आठौँ गर्भका रुपमा भगवान् अवतरित हुनुभयो । भगवान्को जन्मसँगसँगै चतुर्भुजरुपमा भगवान विष्णुको दर्शन देवकी र वसुदेवले प्राप्त गरे । भगवान्बाट आफूलाई गोकुलको नन्दबाबाको घरमा पु¥याउने र नन्दबाबाको घरबाट छोरीको रुपमा जन्मेकी योगमायालाई कारागार ल्याउने हुकुम भयो । वसुदेवको हातका हत्कडीहरु आपसेआप छुटे, कंसका सैनिकहरु मस्त निद्रामा परे, द्वारहरु आफैँ खुले । घनघोर वर्षा भइरहेको कारणले यमुना कुर्लिरहेकी थिइन् तर पनि वसुदेवले बल्लबल्ल गोकुल पुगी यशोदाकी सन्तान योगमायालाई लिएर कारागारमा आए । कारागारमा आएपछि बल्ल सबै सैनिक ब्युझिए । कंसले बालिकारुपी योगमायालाई मार्न खोज्दा बालिका हातबाट फुत्किई आकाशमा गएर शक्ति स्वरुप भएर “तँलाई मार्ने बालक गोकुलमा जन्मिसकेको छ पापी !” भनी अन्तध्र्यान भइन् । कंसले त्यो दिनमा गोकुलमा जन्मिएका सबै बालकहरुलाई मा¥यो तर भगवान् श्रीकृष्णको दैवी शक्तिको अगाडि उसको केही जोर चलेन । कंसले कृष्णलाई मार्न पठाएका पूतना, चाणूर र मुष्टिजस्ता कैयौँ राक्षसहरुलाई कृष्णले बध गरे । भगवान् श्रीकृष्ण विष्णुको पूर्णकला अवतार मानिनुहुन्छ । श्रीकृष्णको अवतारसँगसँगै आसुरी प्रवृत्तिको अन्त्य भयो । धराधाममा सत्य धर्म र अहिंसाले राहत प्राप्त ग¥यो ।

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीको दिनमा श्री कृष्णजन्माष्टमी पर्दछ । जगत् ÷ धर्म रक्षाका निम्ति तथा द्वापर युगमा बढ्दै गरेको आसुरी प्रवृत्तिको विनाश र सज्जनहरूको संरक्षण गरी सनातन धर्मको संरक्षणका लागि भगवान् श्रीकृष्णको अवतरण यस धराधाममा भएको हो । श्रीमद्भगवद् गीतामा भगवान् श्रीकृष्णले आफ्नो अवतारको प्रयोजन आफैँ बताउनुहुन्छ ः

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।

अर्थात् जब जब यस धर्तीमा वैदिक धर्ममाथि आँच आउँछ म धर्म रक्षाका निम्ति अवरित हुन्छु । साधु सन्त जनहरुको रक्षा र दुर्जनहरूको संहारको लागि म अनन्त कालसम्म पुनः पुनः जन्मिरहन्छु ।

भगवान् श्रीकृष्ण र लीला प्रसङ्ग:

कृष्णले अनेक लीलाहरु देखाए । जसलाई कृष्णचरित्र पनि भनिन्छ । वृन्दावनमा गोपालहरुसँग विचरण गर्नु, दही चोरी खानु, बालसखा सुदामासँग खेल्नु , बाँसुरी बजाएर नाच्नु, इन्द्रदेखि ब्रह्मा सम्मको घमण्ड चूर गर्नु, कालीय नाग दमन गर्नु, एक हप्तासम्म गोवर्धन पर्वत उचाल्नु, १६०० गोपिनीहरुसँग प्रेमक्रीडा तथा रासलीला गर्नु आदि जस्ता अनेकौँ लीलाहरु श्रीकृष्णचरित्र अन्तर्गत पर्दछन् ।

युद्धबाट विरक्त हुन पुगेका अर्जुनलाई आफ्नो कर्तव्य बुझाउन भगवान्ले कुरुक्षेत्रको रणप्राङ्गणमा उपदेश गर्नुभयो । ती भगवान्का पवित्र वाणीहरूको संग्रहलाई हामी श्रीमद्भगवद् गीता भन्दछौ, जसले बाटो विराएकाहरूलाई मार्गनिर्देश गर्दछ ।

यिनै भगवान् श्रीकृष्णको शुभ जन्मोत्सवको उपलक्ष्यमा द्वापर युगदेखिने श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गोकुलका गोप गोपिनीहरुले श्रीकृष्णको न्वारनका दिन विशेष नाचगान गरे । त्यो परम्परा भगवान् शिवजीलाई प्राप्त गर्न पार्वतीले गरेको व्रतोपासनसँग जोडिएर हरितालिका तिज पर्वका रुपमा रुपान्तरित हुन पुग्यो । श्रीकृष्ण जन्माष्टमीका दिन विशेष गरेर महिलाहरुले व्रतोपासन गर्दछन् । जन्माष्टमीको अघिल्लो दिन दर खाने चलन नेपालमा निकै प्रचलनमा रहेको छ । जन्माष्टमीसँगसँगै महिलाहरुको महान् चाड तिजको रङ्गरोगन सबै माझ देखापर्दछ ।

श्रीकृष्णजन्माष्टमीको पावन अवसरमा सबैजनालाई लोक कल्याणकारी शुभकामना !

You May Also Like

More From Author

1 Comment

Add yours

+ Leave a Comment