इजरायल र लेबनानबीच बढेको तनावबारे अमेरिकाले दियो यस्तो प्रतिक्रिया

०९ भदाै, काठमाडौँ । हिजबुल्लाहलाई लक्ष्य गरी इजरायलले आक्रमण गरेपछि लेबनानसँग तनाव बढेको छ।

इजरायलले हिजबुल्लाहलाई निशाना बनाएर लेबनानमा धेरै स्थानमा हवाई आक्रमण गरेको छ।

हिजबुल्लाहले पनि इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ।

यसैबीच लेबनान र इजरायलबीचको पछिल्लो तनावका विषयमा अमेरिकाले प्रतिक्रिया दिएको छ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति जो बाइडेनले इजरायल र लेबनानबीच चलिरहेको घटनाक्रमको निगरानी गरिरहेका छन्। उनी साँझदेखि नै राष्ट्रिय सुरक्षा टोलीसँग सम्पर्कमा छन्।

यस्तै राष्ट्रपति बाइडेनको निर्देशनमा वरिष्ठ अमेरिकी अधिकारीहरू इजरायलमा आफ्ना समकक्षहरूसँग निरन्तर सम्पर्कमा छन्।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ- हामी इजरायलको रक्षाका लागि निरन्तर समर्थन र उक्त क्षेत्रमा स्थायित्व ल्याउने काम गरिरहनेछौँ।

You May Also Like

More From Author

+ There are no comments

Add yours