पाँच रेमिट्यान्स कम्पनीको इजाजत खारेज हुँदै

०९ भदाै, काठमाडौँ । पाँच रेमिट्यान्स कम्पनीको इजाजत पत्र खारेज हुने भएको छ। पाँच कम्पनीको इजाजत पत्र स्वत खारेज हुने देखिएको राष्ट्र बैंकले जनाएको छ।

राम्रो रेमिट प्रालि, ग्लोबल माउन्टेन रेमिट, संसार लेमिट, ललित मनि ट्रान्फर र माक्स मनि ट्रान्सफरको इजाजत पत्र खारेज हुन लागेको हो।

केन्द्रीय बैंकले कारोबारको क्रममा कुनै व्यक्ति वा कम्पनीसँग लेनदेन बाँकी भए राष्ट्र बैंकलाई सोको हिसाब ३५ दिनभित्र बुझाउन निर्देशन दिएको छ। सो जानकारी राष्ट्र बैंकलाई गराएपश्चात कम्पनीको बैंक धरौटी समेत फुकुवा हुने केन्द्रीय बैंकले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours