वाल क्लाइम्बिङ प्रतियोगिताको उपाधी भिमबहादुर र सपना लाई

भदौ ०८ काठमाडौं। नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठान सङ्गको सहकार्य एवम् सोही प्रशिक्षण प्रतिष्ठानका पुर्व बिद्यार्थीहरुको समुह द एकेडेमी स्पोर्ट्स कमिटीले आयोजना गरेको वाल क्लाइम्बिङ इभेन्टको पहिलो प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ ।

पासाङ ल्हमु फाउन्डेशनको प्रतिष्ठानको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा ५७ जना पुरुष र २३ जना महिलाले सहभागिता जनाएका थिए ।


सम्पन्न प्रतियोगितामा पुरुषतर्फको उपाधि भिमबहादुर तामाङ र महिला तर्फको उपाधि सपना ढुंगेलले हात पारेका हुन् । भिम बहादुरले ३६.६९ सकेन्डमा निर्धारित दुरी पार गर्दै पुरुष तर्फको उपाधि चुमेका थिए । त्यस्तै छिरिङ राइे ४१.८२ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थानको उपाधि हात पारेका थिए । त्यस्तै विजय श्रेष्ठ ४५.८२ सेकेन्ड, विशाल भट्ट ४७.९३ र आशिष हेम्बाले ४८.७० सेकेन्डमा दुरि पार गर्दै क्रमश तेस्रो, चौथो र पाँचौ स्थानको उपाधि सुरक्षित गरेका हुन् ।


महिला तर्फको प्रथम उपाधि जित्न सफल सपना ढुंगेलले निर्धारित दुुरी ५५.३७ सेकेन्डमा चुमेकाहुन् । दोस्रो स्थान बाजी मार्न सफल जस्मीन कार्कीले १ मिनेट १८.२९ सेकेन्डमा निर्धारित दुरि पुरा गरेकी थिइन् । त्यस्तै सरस्वती खड्काले १ मिनेट २६.६६ सेकेन्ड, निर्मला भट्टले १ मिनेट ३४.४६ सेकेन्ड र विनु राईले १ मिनेट ३५.१२ सेकेन्डमा निर्धारित दुरी चुम्दै क्रमश: तेस्रो, चौथो र सान्तवना स्थानमा आफुलाई सुरक्षित बनाएका हुन् ।


कार्यक्रम बारे जानकारी दिदै नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानका लेखा प्रमुख आलोक खतिवडाले यस क्षेत्रमा अध्यन गर्न आउन चाहने बिद्यार्थीहरुको लागि र यसैलाई व्यवसायीक रुपमा अंगाल्न चाहनेहरुको लागि यो एउटा उत्कृष्ट अध्यनशाला रहेको बताएका थिए ।


बिजेतालाई नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक अर्जुन राईले मेडल सहित नगद प्रदान गरेका थिए । पछिल्लो समय एडभेन्चर पर्यटकहरुको आगमनसंगै यसतर्फ युवाहरुको आकार्षण बढ्दै गैरहेको निर्देशक राईले बताए।


तस्वीर: प्रदिप कुमार श्रेष्ठ

You May Also Like

More From Author

+ There are no comments

Add yours