टाटा पन्च ईभी र नामी ब्राण्डको विद्युतीय कार बजारमा, प्रतिस्पर्धी यी गाडीको के छन् विशेषता ?

०८ भदाै, काठमाडाैं । ईभीले तताएको नेपाली अटो मार्केटमा नयाँ ईभी गाडी आउनु अब सामान्य जस्तै बनी सकेको छ । सरकारले पनि ईभीलाई प्रोत्साहन र सोही अनुसारको पूर्वाधार तयार पारिराख्दा विद्युतीय गाडीको आयात साथै प्रयोगले बढवा पाएको हो ।

विभिन्न ब्राण्डका नेपाली आधिकारिक कम्पनीले नयाँ गाडी सार्वजनिक गर्ने क्रमले निरन्तरता पाएकै छ । नयाँ प्रडक्ट नयाँ विशेषतासहित आउँदा आम ग्राहकको चासो हुने गर्छ नै । भित्रिएका उक्त गाडीको विशेषता साथै मूल्यको चर्चा नेपाली अटो मार्केटमा छँदैछ ।

यद्यपि सो गाडीको बजारमा प्रतिस्पर्धासमेत निकै हुने गर्छ । भर्खरै नेपालमा अटो मार्केट टाटा पन्च ईभी र नामी ब्राण्डको विद्युतीय कार आएका छन् । प्रतिस्पर्धी रूपमा देखिएका यी दुई ब्राण्डका गाडीको फिचर, क्षमता र मूल्यसमेत एउटै किसिमको छ । धेरैले रुचाउने टाटाका ईभी यस पटक भने पन्च ईभीमा ग्राहकको क्रेज कस्तो हुने हो । त्यो हेर्न बाँकी छ ।

तर, नामीको गाडी पनि नेपाली अटो मार्केटको कडा प्रतिस्पर्धी रूपमा देखिँदै छ । यसपटक यी दुवै गाडी नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल आयोजना गर्ने नाडा अटो शो–२०२४ मा प्रदर्शीमा राखिने छ । अटो शोलाई लक्षित गर्दै आएका यी गाडी मेला अवधि भर आम ग्राहकको आकर्षणमा पर्ने अपेक्षा कम्पनीले लिएको छ । अटो शोको हट केकको रूपमा देखिने यी गाडीको मूल्य र विशेषता हेरौंः

टाटा पन्च ईभी

नेपालका लागि टाटा मोटर्सको अनधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा पन्च डट ईभी ल्याएको छ । यही भदौ ११ गतेदेखि सुरु हुने ‘नाडा अटो शो’मा लन्च गर्ने तयारी स्वरुप सिप्रदीले पन्च ईभी भित्र्याएको हो ।

यो गाडी हाल कम्पनीले टेस्ट ड्राइभको लागि राखेको छ । टाटा मोटर्सको चौथो ईभीका रूपमा रहेको पन्च डट ईभी भारतमा मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । भारतीय बजारमा निकै रुचाइएको यो पन्च ईभीले नेपालमा पनि राम्रै बजार पाउने अपेक्षा कम्पनीको छ ।

यसअघि टाटा मोटर्सले नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी बजारमा ल्याएको थियो । फाइभ स्टार रेटिङ पाएको पन्च डट ईभीमा दुई वटा ब्याट्री अप्सन दिइएको छ । गाडीमा मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेन्जमा ३५ किलोवाट आवरको ब्याट्री प्याक छ । ५ सिट क्षमताको यो विद्युतीय एसयूभीले एक पटकको फुल चार्जमा ३ सय १५ देखि ४ सय २१ किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ ।

हाल ५ कलरमा उपलब्ध यस पन्च डट ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेका छन् ।

सिप्रदीले भन्सारबाट गाडी छुटाउनका लागि ४० लाखदेखि ४२ लाख रुपैयाँ मूल्य तोकेको छ । यद्यपि यो गाडीको आधिकारिक मूल्य भने नाडा अटो शोमा मात्रै सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।

नामी ब्राण्डको विद्युतीय कार

चिनिया कम्पनी डोङफेङको नामी ब्राण्डको विद्युतीय कार नेपालमा सार्वजनिक भइसकेको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले केही दिन अघि नामीका ३ वटा विद्युतीय गाडी सार्वजनिक गरेको हो ।

कम्पनीले नामी ई १ देखि ई ३ सम्मका मोडलका गाडीहरू ल्याउँदा नयाँ गाडी खरिद गर्न चाहनेहरूका लागि यी गाडी उपयुक्त देखिन्छ । आधुनिक फिचरहरूले सुसज्जित यी गाडीमा पनि मूल्य पनि मार्केट सुहाउँदो रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार नामी ई १ को मूल्य २९ लाख ९९ हजार, नामी ई २ को मूल्य ३१ लाख ९९ हजार र नामी ई ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बक्स एक सव कम्प्याक यो ईभीका धेरै सेग्मेन्टमा फस्ट प्रिमियम फिचरहरू समावेश गरिएका छन् ।

७० किलोवाटको मोटर पावर रहेको उक्त तीन मोडलको ग्राउन्ड क्लियरेन्स १७५ मिलिमिटर रहेको छ । यस गाडीको ब्याट्री पावर भने ३१ र ४२ किलोवाट आवर रहेको कम्पनीले जानकारी दिएको छ । एक पटकको फुल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन यी गाडीको टर्क पावर १६० एनएम रहेको छ ।

यसको इन्टेरियरमा डाइमण्ड क्लील्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्क्रिन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम दिइएको छ । यस्तै, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट गाडीमा पाउन सकिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours