पौष्टिक तत्त्वले भरिपूर्ण भएको अम्बा, यस्ता छन् औषधीय गुणहरू

०८ भदाै, काठमाडाैं । हामी मौसम अनुरूपका विभिन्न फलफूलहरूको सेवन गर्छौ । र सबै प्रकारका फलफूलहरूको आ–आफ्नै विशेषता, स्वाद र स्वास्थ्य फाइदाहरू हुन्छन् ।

अब भने अम्बा पाक्ने सिजन सुरु हुँदै छ । यसकारण आज हामी अम्बाको सेवन कति स्वस्थवर्ध्दक छ भन्ने सन्दर्भमा जानकारी गराउँछौ ।

अम्बा एकदमै स्वादिलो फल मध्येको एक हो । अम्बा विभिन्न प्रकारका हुन्छन् । रातो रङ्गको अम्बा सेतो भन्दा बढी लाभदायक मानिन्छ । तर धेरैजसो व्यक्तिहरूले सेतो अम्बा मन पराउने गरेको पाइन्छ ।

यस फलको वजन सामान्यतया ३० देखि ४५० ग्राम सम्म हुन्छ । अम्बा स्याउ भन्दा बढी पौष्टिक तत्त्व भएको फल हो । अम्बा नियमित खानाले टाइफाइड ज्वरो बाट सजिलै छुटकारा पाउन सकिन्छ ।

आयुर्वेदमा यसलाई चिसो, तीखो, कसैलाई, अम्लीय र शुक्राणु (वीर्य वृद्धि) गराउने फलको रूपमा वर्णन गरिएको छ । अम्बामा भिटामिन सी र चिनी प्रशस्त मात्रामा पाइन्छ । अम्बाको सेवन गर्दा बोक्रा सहित खादा पेट सफा हुने विशेषज्ञहरू बताउँछन् ।

अम्बाको सेवनले मिल्छ यस्तो स्वास्थ्य लाभ

– एक लिटर पानीमा १० –१५ वटा अम्बाको पात हालेर १५ मिनेटसम्म उमाल्नुहोस् । चिसो भएपछि त्यसलाई छानेर कपालको जरामा लगाउनाले कपाल झर्न रोकिन्छ । यसबाहेक यसको नियमित प्रयोगले कपाल सुन्दर, बलियो र चम्किलो हुन्छ ।

– कब्जियतको समस्या भएका व्यक्तिले बिहान खाली पेटमा पाकेको अम्बा खानाले कब्जियतको समस्या कम हुन्छ ।

– कुनै व्यक्तिको आँखा सुन्निएमा वा आँखाको तल कालो दाग देखिएमा अम्बाको पात पिँधेर लगाउनाले आँखाको कालोपना कम हुन्छ ।

– झाडापखाला लागेको व्यक्तिले अम्बाको पातको रस निकालेर त्यसको केही थोपा एक कप मन तातो पानीमा मिलाएर खानाले झाडापखाला निको हुन्छ ।

– बालबालिकाको पेटमा किराहरू पर्ने समस्या भएमा अम्बाको सेवनले फाइदा पुर्‍याउँछ ।

– अम्बालाई बिरे नुनसँग खाँदा पाचन सम्बन्धी समस्या हट्छ । अम्बालाई पाचन क्रियाको लागि उपयुक्त फल मानिन्छ ।

– सास गन्हाउने समस्या भएमा अम्बाको कमलो पात चपाउनाले सास गन्हाउन कम हुनुका साथै दाँतको दुखाइमा पनि राहत प्रदान गर्छ ।

– महिनावारी हुँदा पेट दुख्ने समस्या भएकाहरूका लागि पनि अम्बा फाइदाजनक छ । यस्तो समस्या भएका महिलाहरूले दिनहुँ ६ मिलिग्राम अम्बाको रस सेवन गर्नाले पीडा कम हुन्छ । यसबाहेक अम्बाको पातको रस पिउनाले पनि महिनावारीमा हुने अन्य समस्याहरूबाट पनि राहत प्राप्त हुन्छ ।

– एक अध्ययनका अनुसार डिप्रेसनको समयमा अम्बाको सेवन उपयोगी हुन्छ । अम्बामा पर्याप्त मात्रामा म्याग्नेसियम हुन्छ, जसले तनाव र चिन्ता कम गर्न महत्त्वपूर्ण भूमिका निभाउँछ ।

– पित्तको समस्या भएका व्यक्तिले र मुखमा छाला निस्केको छ भने अम्बाको पात चपाउनाले आराम प्राप्त हुन्छ ।

– दिनहुँ अम्बा खानाले रुघाखोकी जस्ता मौसमी रोगहरू समेत कम हुन्छन् ।

– नियमित अम्बाको सेवन गर्ने व्यक्तिको ब्लड प्रेसर सन्तुलनमा रहन्छ । अनुहारमा चाउरीपन आउन र अनुहार सम्बन्धी अन्य समस्याहरूबाट पनि बचाउँछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours