नेशनल लाईफ इन्स्योरेन्सको लाभाशं प्रस्ताव पारित

०७ भदाै, काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सको ३६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।

कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा बसेको साधारणसभाले आव २०७९\०८० को लागि अद्यावधिक चुक्ता पूँजीको १० प्रतिशतका दरले आउने नगद लाभांश ५० करोड ११ लाख ६६ हजार ६४२.५० र ४ प्रतिशतका दरले बोनस सेयर लाभांश २० करोड ४ लाख ६६ हजार ६५७ र साथै उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६९ लाख २८ हजार ६८.९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ मा ४ प्रतिशतको बोनस सेयर थप भई कूल चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ पुगेको छ ।

सभामा अध्यक्ष सिंहले सभामा आर्थिक वर्ष २०७९\०८० मा बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मांगमा आएको कमिले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको कारण जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि आव २०८०\०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख बताईन।

कम्पनीको आव२०७९\०८० मा कूल बीमाशुल्क १६.६ प्रतिशतले बृद्धि भई १,६८०.९० करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा ९३१.८३ करोड रुपैयाँ खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा ६,५४०.४० करोड रुपैयाँ पुगेको छ । कूल लगानी १५।७२ प्रतिशतले बृद्धि भई ४,९७८.२० करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९\०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours