मुस्ताङको थासाङमा हिमपहिरो, खोला थुनिएपछि अलर्ट जारी

०७ भदाै, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ। पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।

हिमपहिरो स्थानीय बोक्सी खोला भन्दा आधा घण्टामाथि रोकिएको छ। कुनै पनि बेला उक्त पहिरो बगेर तल आउने भएकाले त्यसको जोखिम आंकलन भइरहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए।

उक्त पहिरो बगेर एककिलोमिटर तल आइपुग्यो भने कालीगण्डकीमा पुग्छ। हिम पहिरोबारे थप विवरण आउन बाँकी छ। प्रशासनले स्थानीयका लागि अलर्ट जारी गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours