मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर अनियन्त्रित भइ पल्टिँदा ११ जना घाइते

०७ भदाै, काठमाडौं । चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ।

शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो। बसमा सवार अन्दाजी १०/११ जना यात्रु घाइते छन्। घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरतर्फ पठाइएको प्रशासनले जनाएको छ।

बसमा क्षति पुगेको छ। बस घटनास्थलमै राखिएको हुँदा सडक अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली खटिएको छ। घटनाबारे थप बुझ्ने काम भइरहेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours