२ मन्त्रीको विदेश भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका ९ निर्णय

०७ भदौ, काठमाडौं । सरकारले दुईजना मन्त्रीहरुको विदेश भ्रमण स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष शिवराज अधिकारीलाई पनि विदेश भ्रमण जान अनुमति दिने निर्णय गरेको छ ।

आगामी कात्तिकको २२ देखि २४ गतेसम्म कोलम्बियाको बोगोटामा हुने बालबालिकाविरुद्धको हिंसा अन्त्यबारेको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको भ्रमण स्वीकृत गरेको छ ।

यस्तै २७ र २८ भदौमा आयोजना हुने ‘वान प्लानेट नेटवर्क फोरम–२०२४’मा सहभागी हुन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिल जाने भएका छन् । सो भ्रमणलाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद बैठकले योजना आयोगका उपाध्यक्ष अधिकारीलाई ११ देखि १३ भदौसम्म उज्वेकिस्तानमा हुने मल्टी डाइमेन्सनल प्रोभर्टी पिर नेटवर्कको बैठकमा सहभागी हुन स्वीकृति दिएको छ ।

हेर्नुहोस् मन्त्रिपरिषदका निर्णयहरू :

You May Also Like

More From Author

+ There are no comments

Add yours