०७ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछको समय एक घण्टा सरेको छ ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले लामिछानेसँग शुक्रबार दिउँसो २ बजे सोधपुछ गर्ने गरी बोलाएको थियो ।
तर, लामिछानेभन्दा अगाडि बोलाइएका छविलाल जोशीसँग सोधपुछ लम्बिएको छ । यहीकारण लामिछानेसँगको सोधपुछको समय एक घण्टा सारिएको समिति सचिवालयले जनाएको छ ।
छविलाल जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् । राजनीतिमा आउनु अगाडि लामिछाने गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक थिए ।
दुवैलाई समितिले शुक्रबार सोधपुछमा बोलाएको थियो ।
+ There are no comments
Add yours