भारत उत्तराखण्डको पहिरोमा परी चार नेपालीको मृत्यु

०७ भदाै, काठमाडौं । भारतको उत्तराखण्डमा पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको छ।

रुद्रप्रयाग जिल्लास्थित केदारनाथ जाने सडकमा पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारी वर्षा भइरहेको समयमा गए राति करिब साढे १ बजे पहिरोमा नेपाली मजदुर पुरिएको सूचना पाएपछि भारतीय प्रहरीले उद्धार गरेको थियो। मृत्यु हुनेहरुको सनाखत भइसकेको छ।

जसमध्ये ३ जना चितवनका र एकजना दैलेख जिल्लाका छन्। मृत्यु हुनेमा चितवनका तुलबहादुर, पूर्ण नेपाली र कृष्ण परियार तथा दैलेखका दीपक बुढा रहेको समाचारहरूमा जनाइएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours